पोखरा,१८ चैत । नेकपा एमाले प्रतिपक्षमा छ । प्रतिपक्ष पार्टीमा विभिन्त्र राजनीति पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरुको संख्या दिनहुँ बढिरहेको छ । बुधवार र विहीवार प्रदेश नं २ को वर्दिवासको कार्यक्रममा सयौको संंख्यामा प्रवेश गरेका थिए भने आज पोखरामा करिब १५सय नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
कांग्रेस, माओवादीलगायतका दल परित्याग गरी त्यति धेरै संख्यामा एमाले प्रवेश गरेका एकै पटक शायद एमाले पार्टीको इतिहासमा नै यो पहिलो पल्ट हो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसरी एमाले प्रवेश गर्नेलाई टिका लगाएर स्वागत गरे ।
एमाले कास्कीले आयोजना गरेको कार्यक्रममा त्यसरी सयौँको संख्यामा एमाले प्रवेश गरेपछि उत्साहित हुँदै अध्यक्ष ओलीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनपछि एमाले बहुमतसहितको पहिलो पार्टी हुने दाबी गरे ।
उनले एमालेप्रति जनताको उत्साह जागेको भन्दै पहिलो हुन कसैले रोक्न नसक्ने पनि दाबी गरे । उनले अहिले एमाले पहिलो हुने डरले केहीले निर्वाचन हुन नदिन षडयन्त्र गरिरहेको भन्दै जनता जागिसकेकाले निर्वाचन कसैले चाहँदैमा रोक्न नसक्ने ठोकुवा पनि गरे ।
प्रतिक्रिया दिनुहोस्