सम्पादकीय

वीरमा ६ करोड कमिसनको खेल, क्यान्सरका बिरामी उपचारबाट बञ्चित



काठमाडौ, १८ चैत । मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी उपचार केन्द्र वीर अस्पतालका क्यान्सर बिरामी डेढ वर्षदेखि रेडियोथेरापी मेसिन किन्ने कमिसन चक्करका कारण उपचार गर्नबाट बञ्चित भएका छन् ।

क्यान्सरका बिरामीलाई रेडियो थेरापीद्वारा उपचार गर्ने कोबोल्ट- ६० मेसिन बिग्रेको १९ महिना भइसकेको छ । त्यसयता वीरका बिरामी महँगो उपचारका लागि अन्य अस्पतालमा जान बाध्य भएका  छन।

वीर अस्पतालले ५ हजार रुपैयाँमा रेडियोथेरापी सेवा दिँदै आएको छ । भक्तपुर क्यान्सर अस्पतालले त्यही सेवा दिन २५ हजार रुपैयाँ लिन्छ भने निजी अस्पतालले ७५ हजारदेखि १ लाख २५ हजारसम्म असुल्दै आएका छन् । नागरिकमा समाचार छ ।