भक्तपुर,१९ चैत । भक्तपुर जिल्लामा साझा बस संचालन गर्न उपभोक्ता हित संरक्षण मंञ्च भक्तपुरले जिल्लामा हस्ताक्षर अभियान अघि बढाएको छ । आज र भोली ११ बजेबाट जिल्लाको कौशलटार, सूर्यविनायक र कमलविनायक चोकमा हस्तक्षरण अभियान अघि बढाएको मञ्चका सहसचिव दिलकुमार अवालले जानकारी गराए । अवालले संम्पूर्ण जिल्लाबासीहरुलाई सो अभियानमा उपस्थितिका लागि अनुरोध समेत गरेका छन् ।
त्यसोत साझा यातायतले भक्तपुरमा सेवा विस्तार गर्न खोजेपछि त्यसको विरोधमा केही व्यवसायीहरु लागेका छन् । उनीहरुले केही समय अघि पत्रकार सम्मेलन गरेर व्यवसायीहरुले भक्तपुरमा साक्षाले सेवा विस्तार गरेर आफूहरुले जिल्लाका ग्रामिण क्षेत्रको यातायतलाई ठप्प पारिदिने चेतावानी दिएका थिए ।
स्रोतका अनुसार साक्षाले भक्तपुरका दुइवटा रुटमा बस संचालनको लागि यातायात कार्यालयमा फागुन ३० गते रुट माग गरी आवेदन दिएको थियो । यातायातले सुरक्षाको कारणले गर्दा रुट इजाजत दिन केही ढिला भएपनि सुरक्षाको प्रत्याभूति भएपछि सेवाा सुरु गर्न भनिएको थियो ।
साझाका अनुसार भक्तपुरका दुइवटा रुटमा गरी २० वटा बस सञ्चालन गर्ने र १० ओटा तत्कालै थपिने जनाएको छ । जस अनुसार दशवटा बस काठमाडौंको कलङ्की –कालीमाटी–त्रिपुरेश्वर–सुन्धारा रत्नपार्क–पुतलीसडक–सिहदरबार –माइतीघर –बबरमहल –नयाँ बानेश्वर–मिनभवन हुँदै भक्तपुर तिर जाने बुझिएको छ ।
यस्तै दशवटा बसहरु जडिबुटीको बाटो भएर पुरानो ठिमी हुदै कमलविनायकको बाटो फर्कने छन् । अरु दशवटा बस भने जडिबुटीबाट नयाँबाटो कमलविनायक हुँदै पुरानो बाटोबाट रत्नपार्क फर्कने छन् ।
साझाका बसहरु उपत्यकाका सबै रुटमा सञ्चालन हुनुपर्ने माग जताततै बढ्न थालेको छ। यात्रुमैत्री ठूला बसहरुबाट सेवा दिइरहेको साझाले ३ सय ६५ दिन नै सेवा दिन थालेपछि सबैतिर माग बढ्न थालेको छ । साझात्रले बन्द,हडताल जस्ता दिनहरुमा समेत आफ्नो सेवा दिने गरेकाले यात्रुहरुले साझाको सेवा रुचाएका हुन्।
प्रतिक्रिया दिनुहोस्