भक्तपुर,१९ चैत । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले भक्तपुरले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ ।
भक्तपुरका सबै नगरपालिका र वडाहरुमा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।यसैक्रममा मध्यपुर थिमिनगर संगठन कमिटीको आयोजनमा नगरमा वुहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नगर संगठन कमिटीका संयोजक एवं जिल्ला कमिटीका उपाध्यक्ष बचन देउजाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि सांसद केदार संजेल रहेका थिए । नेता संजेलले राजनीतिक परिवर्तन धेरै भैसकेको, आर्थिक परिवर्तन समाजमा हुन नसकेको वताउँदै एमालेले अव आर्थिक समुद्धिको अभियान थालिसकेको वताए । निर्वाचनपछि एमाले पहिलो पार्टी बन्ने दावी गर्दै संजेलले एमालेले देशमा अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने वताए ।
बुद्धिजीवीहरु संगको अन्तरक्रिया कार्यक्रममा सगठनका सहसंयोजक एवं मेयरका आंकाक्षी मदनसुन्दर श्रेष्ठले सिगो मध्यपुर नगरपालिकाको विकास र आर्थिक समृद्धिको ९ पुष्ठ लामो दुष्टिकोण पत्र प्रस्तुत गरेका थिए । श्रेष्ठले वुद्धिजीवीहरुमाझ आफ्नो नगरपालिकाको विकास मोडलको कार्यपत्र प्रस्तुत गर्दै उहाँहरुसंग महत्वपूर्ण राय,सल्लाह र सुझाव माग गरेका छन् । कार्यकमको संचालन पुण्य ढुंगेलले गरेका थिए भने, स्वागत रमेशउखा श्रेष्ठले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्