खोटाङ, १९ चैत । म्यादी प्रहरीमा छनोटमा पर्न दौडँदा बेहोस भएर ढलेका खोटाङका एक युवकको मृत्यु भएको छ ।
केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका २४ वर्षीय किशोरकुमार निरौलाको आज बेलुका मृत्यु भएको हो ।
स्थानीय निकायको निर्वाचनका लागि सरकारले भर्ना गर्न लागेको म्यादी प्रहरी छनोटमा दौडँदा बेहोस भएर ढलेका निरौलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दिक्तेलस्थित हस्पिटलचोकबाट हल्छेढुङ्गासम्म दौडने क्रममा बीच बाटोमा ढलेका निरौलालाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पुर्याइएको थियो ।
अस्पतालमा उपचार हुँदाहुँदै करिब दुई घन्टापछि उनको मृत्यु भएको जिप्रका, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । रासस
प्रतिक्रिया दिनुहोस्