Banner News

कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्चमा मुद्दा दायर



काठमाडौ,२० चैत ।अदालतको अपहेलना गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार दायर गरेको रिटमा कांग्रेस र देउवालाई विपक्षी बनाइएको छ ।

हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकले नेपाल प्रहरीका महानिरीक्षक आईजीपी नियुक्ति विवादमा सर्वोच्चले गरेको फैसलालाई सरकारको कार्यकारिणी अधिकारमा हस्तक्षेप भनेको थियो ।

कांग्रेसको यो निर्णयले जनमानसमा भ्रम सिजना गर्नुका साथै अदालतको मानमदर्न भएको रिट निवेदकको दाबी छ । रिटमा भनिएको छ, विपक्षीले गरेको कार्य संविधानको धारा १ ९१०, १२६, १२८ ९२०,९४०, सर्वोच्च अदालत ऐन २०४८ को दफा ४९१०, ११९२०९क०, न्यायप्रशासन ऐन २०७३ को दफा १८९१० विपरित कार्य गरेका हुदा न्यायप्रशासन ऐन २०७३ को दफा १७ को ९१०,९२० ले प्रदान गरेको अधिकारको आधारमा सोही ऐनको दफा १७ को उपदफा ४ बमोजिम हदै सम्मको कार्यवाही गरि पाउँ ।’