Banner News

प्रशिद्ध तिर्थस्थल हलेसी महादेवको यात्रा विवरणमा जे देखियो



अनिता ज्ञवाली

नेपालका प्रशिद्द तिर्थस्थल मध्येको तिर्थस्थल हो हलेसी महादेव । यो ठाऊको दर्शन गर्न जान पाए हुन्थ्यो भन्ने धरै वर्ष पहिले देखि मनमा कुरा खेलेको थियो । परिवार संग मात्र जादा भन्दा साथीहरु संग जाँदा रमाईलो पनि हुनेहूदा एकदिन हाम्रो महिला समूहमा कुरा राखे दिदीवैनी हो बुढेसलाग्यो तिर्थ गर्न हलेसी जाउ भनेर ।

तुरुन्त केहीको कुरा मिल्यो र श्रीमान लाई पनि साथै लैजाने निर्णय गर्यौ । मेरो श्रीमान गणेश , मिनाको पदम, ईन्दुको बिष्नु,सीताको टेकराज, रमाको नरेश्वर , निर्मलाको धुर्व , एकल जानेमा पुष्पा हुनुहुन्थ्यो र १७ चैत्र विहिवार तेह्र जना अटने ,सोही रुटमा चल्ने एउटा ट्याक्स गाडी दाई नरेश्वरले व्यवस्थापन गर्नु भयो । सोही गाडीमा विहान ५ बजे वानेश्वर बाट सूर्यविनायक,पशुपतिनाथ ,पलान्चोक भगबति, पान्चायन देवताका भजन गाऊदै काठमाड्डौ वाट हामी गाडीमा अगाडी बढ्यौ ।

सिन्धुली बर्दिवाश को वाटो जापानले वनाइदिएको थियो ।सुनिन्थ्यो धैरै घुम्ति छ , द्ुई लेनको मात्र , अप्ठ्यारो पनि छ र हलेसी मा पानीको दुख छ , टाढाको यात्रा ,वस्ने बाश खानेकुरा पाईन्छ पाइदैन भनेर केही खानेकुरा र ओड्ने च्यादर समेत राखेर गएका थियौ ।

बाटोमा भजनकिर्तन गाऊदै लोकभाका ,काठे भाका गाऊदै हासो ठट्टा गर्दै हामि अगाडी बढ्यौ । काठमाड्डौ बाट भक्तपुरको सूर्यबिनायक हुदै ,काभ्रे जिल्लाको भकुन्डेवेसी , नेपालथोक हुदै मूलकोट पुगेपछि चिया नमकिन खायौ । बिहान चाडै हिड्ने हतारमा एकजना साथीले जाने हतारमा भाडामा वस्नेसाथी र आफ्नो गरी दुईथरी जुत्ता लगाएर हिड्नु भएछ । चिया पिएर गाडी चड्ने बेला अर्को साथीले देख्नु भयो । यो कुराले पनी थाहाभयो की हामी हलेसी जान कति आतुर र ऊत्साहित छौ भन्ने । बाटो काट्ने यो रमाईलो मसला थपीयो ।

त्यहाबाट सारै रमाईलो ठट्टा गर्दै हामी अगाडो बड्यौ ।मूलकोटवाट उता सिन्धुली जिल्ला प्रवेश गर्यौ । सिन्धुलीको खुर्कोट पुगेपछी दाया बर्दिबाश, बाया रामेछाप , सिधा गएपछि उदयपुर , ओखलढुङ्गा हुदै खोटाङ गईदो रहेछ । यही खुरकोटबाट अगाडी सुनकोसी नदीको किनारै किनार ऊदयपुरको घुर्मीमा पुग्यौ । सुनकोसी नदीले उदयपुर र ओखलढुङ्गा लाई छुट्यायको रहेछ । नदीको किनारमा गाडी रोकी फोटो खिच्दै घरवाट लगेको खानेकुरा ढकनी,अचार, ठोकनी,आलुकबाफ, पुडी तरकारी , खादै रमाऊदै रमाऊदै ओखलढुङ्गा र खोटाङ जिल्लालाई छुट्याउने दूधकोशी नदिको जयरामघाट पुग्यौ ।

त्यहा जयरामघाट देखी अगाडी करिव ६० किलोमिटर हिडेपछी दिउसो करिब तीन बजे हामी हलेसी पुग्यौ ।अरु ज् डेढ घन्टाको बाटो अगाडी गए खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल पुगीदो रहेछ । हामीले हलेसीमै वास वस्ने निधो गर्यौ। यति रमाईलो यात्रा गर्यौ की हलेसी पुगेको लामो यात्राको थकान महशुस भएन । साँझ हामीलेत्यही हलेसी भिलेज रिसोटमा वास वस्ने निधो गर्यौ ।

करीब १० घन्टा लामो यात्रा पछि दिउसो तीन बजे हामी हलेसी पुग्यौ । समय बाकी छदै पुगेको हुदा त्यसैदिन मन्दिर वरीपरी घुमी हेर्ने सल्लाह गरी होटलमा गै ब्यागहरु राखी हातमुख धोइ केहीबेर सुस्ताई चिया पियर हामि मन्दिर तर्फ लाग्यौ । ठूला ठूला चट्टान रुखो ठाऊ विकट पहाडी जिल्ला मा ऊत्पत्ती भएका भगवान शीवको दर्शन गर्न हामी उत्साहित हूदै मन्दिर तर्फ अगाडी बढ्यौ ।

मन्दिर को अगाडी गणेश को मूर्तीमा दर्शन गर्दै गेटतर्फ लाग्यौ । मूल गेट भरर्खरै बनाइएको रहेछ । राम्रो छ । गेटबाट भित्र पस्नासाथ तल ठूलो ओडार देखिन्छ । जहा माथी चट्टानमा कामधेनु गाईको थुन देखीन्छ, तल अलीकती एरीया बारेर सानो गेटभित्र शिबलिङ र नाग देवताको मूर्ति छ । यहा पहिले पहिले शीवको मूर्ती माथी कामधेनुले दूध वहाऊथीन रे ।

मूर्तीको साईडमा प्राकृतिक बनोटका स साना गूफा छन । गर्व गुफा मा पसी जन्म गूफामा निस्कने , कर्म गुफामा पसी स्वर्ग गुफा मा निस्कने ।गर्व गूफामा पसी जन्मगूफामा निस्कने काम गणेश र टेकराज ले गर्नु भयो । अरुले आट गर्नु भएन । त्यही स साना गुफाका छेउछाऊमा घन्टी तीर्शूल चढाऊने गरीदो रहेछ । यसो माथी निस्कदा पार्वती माताको मूर्ती छ ।कही गाईको मुख आकारको चट्टान छ । यहा गेटबाट तल झर्न वनाईएको स्टेप बाहेक अरु जे देखियो प्राकृतिक हुन ।

यहा भगवान शिव पार्वती को मूर्तीको वरीपरी बौद्द र किरात धर्माबलम्वी हरुले आ आफ्नो धर्म अनुसार पूजा पाठ र ध्यान गरेको देखीयो ।यसरी हिन्दू,किरात र वौद्द धर्म मान्ने सवैले एऊटै ओडार गूफा भित्र रहेका भगवानलाई आ आफ्नो धर्म अनुसार मानी आएको देख्दा नेपाली नेपाली बिचको आत्मीयता अरु प्रगाढ भएको महसुस भयो ।

त्यहा वरीपरी घुमी हामी गेटमै निस्कीयौ । गेट वाहीरवाट घुम्ने अर्को गूफा रहेछ , हामी त्यसतर्फ लाग्यौ । माथीवाट तल झरेर अर्को गूफा भित्र पस्यौ दश रुपैयाको टिकट काटेर । एक ठाऊमा चट्टानवाट प्वालवनेको ठाऊमा फूक्दा शंखको धून सूनिने रहेछ ।सबैले त्यो शंख फूक्दै हिड्यौ ।

अरु माथी जादा वाया तर्फको चट्टानमा शंकर को मूर्ती आकारमा निधार बाट तपतप जल झरेर भगवान शरिर भिजेको जल सबैले शीरमा सेचन गर्दै हिडियो । अझमाथी ऊक्लीदा चट्टान छेडीएर आकाश को ऊज्यालो पसेको रहेछ । त्यहाको आश्चर्य लाग्ने दृश्यमा फोटो खिचाऊदै हामी तल ओर्लीयौ र वाहीर निस्क्यौ । यो रमणीय दृश्यको अबलोकन पछी हामी कोठामा फर्क्यौ ।
लामो समयको प्रतिछ्या पछी हलेसीको दर्शनले खुसी हुदै भोली भगवानको पूजाको तयारी गरी खाना खायौ । हामीले सोचेभन्दा मिठो खाना र होटेलका वयेटर भाईको मिठो वोली वचन र व्यवहारले खाना अरू मिठो बनायको थियो ।

खाना खाईसकी होटल को अनुमती लिई केहीबेर भगवानको आरति गाई सवैजना नाची रमाईला गफ गर्दै कुन वेला निद्रादेवीको शरणमा परीएछ थाहै भएनछ । बिहान हुदा आखा खुल्न थालेछन ।

जागा हुनासाथ हासो सुरू हून थाल्यो । पालैपालो नुहाई सबैजनाले चोखो कपडा साडीमा सजीएर दर्शन गर्न तयारी भै बसेको देख्दा छोरा मान्छेहरु खुसीले दंग हुनुहुन्थ्यो । यसवाट पनि थाहा हुन्थ्यो कि हामी दिदीबैनीमा कति एकता र मित्रता छ भन्ने कुरा ।

अली उज्यालो भै नसकेको हुदा केहीबेर रमाईलो गरी वस्यौ र ऊज्यालो भयपछी पुजा सामाग्री लिदै मन्दिर तर्फ लाग्यौ । गणेशको मूर्तीमा पूजागरी शिब को पूजा गर्न गूफाभित्र पस्यौ । पालैपालो जोडी जोडी भएर भगवानको पूजा गर्यौ । टपरीमा चामल राखी त्यसमाथी तामाको दियोमा वत्ती बालेर राख्यौ । धूप, धजा ,तिर्शूल र घन्टी चढायौ ।

बत्तो वाली अली माथी पार्वती मातालाई पुजा गर्यौ शौभाग्य सामाग्री चढायौ र आरति गरी आफ्ना सन्ततीहरुको ऊन्नती र प्रगतीको कामना गर्दै सन्सारीक मायाजाल देखी मूक्ती पाई अन्तिममा ईश्वरकै शरणमा लीन हुनपाऊ भन्ने बर माग्दै बाहीर निस्की भजन गाऊदै कोठातर्फ लाग्यौ ।

कोठामा आई सामान एकत्रीत गर्दै झोला मिलायौ र चिया संग ठोकनी र पूडी खाई काठमाड्डौ फर्कीने तयारीमा गाडी चढ्यौ । बाटोमा रमाईला ठट्टा ले हासोको पैरो जान्थ्यो । घरीघरीका गफ र हासोले चालक भाई समेत रमाऊथे ।

बाटोमा कोशी नदीको किनारमा आई खाना खाई अगाडी बड्यौ । विच विचमा गाडी रोकी स्याऊ सुन्तला , काक्रा अग्गुर खादै काभ्रेको धुलीखेल मा आई चिया र चिउरा भूजीया खायौ र अगाडी बड्यौ । अब घर आउन नजीक भै सकेको र साथी हरु बिदा हुने वेला भैसकेको थियो । अव पनि यस्तै रमाइलो यात्रा अन्य स्थानमा पनी संगै गर्ने बाचा गर्दै कोटेश्वर आईपुगीयछ । गाडी रोकीयो। हामी आ आफ्नो गन्तव्य तर्फ टेक्सी लियर प्रस्थान गर्यौ ।

नेपालको दाश्रो पशुपतिनाथको रुपमा चिनिने यो मन्दिर नेपालको बिभीन्न ठाऊ र भारत जापान लगायत बिश्वका बिभिन्न मूलुकहरु बाट दर्शनार्थीहरु आएको देखीयो। यहाँ सप्ताहा लगाऊने भनेर चन्दा भेंटी संकलन गरेको पनि देखीयो। यस्तो प्रसिद्ध मन्दीरमा पुजारीको राम्रो व्यवस्थापन गरी मन्दिर को सरसफाईमा ध्यान दियको देखिएन। मन्दिरमा चढेको भेटीको पनी सही सदुपयोग गरेको देखिएन। यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ।

करीब १० घन्टाको लामो यात्रापछी घर छोडेको ३७र३८ घन्टामा १८ गते वेलुका घरमा आईपुग्यौ। काठमाड्डौ वाट ठ्याक्कै भन्न त सकियन लगभग २२५ किलोमिटर को हलेसी को यात्रा यहीं टुग्गीयो। हलेसी महादेबले सबैको कल्याण गरुन।

जय हलेसी महादेव।