शैक्षिक

सिराजुलउलुमलाई विश्वविद्यालय बनाउन सरकारसंग माग



मो. इमरान खान

कपिलबस्तु , २१ चैत्र । जिल्ला कपिलबस्तुको नगरपालिका कृष्णनगरमा नेपाल कै सबभन्दा पुरानो मुस्लिम कालेजलाई विश्वविद्यालय बनाउन अगुवाहरुले नेपालसरकारसंग माग गरेका छन ।
नेपालका लागि कतारी राजदुत युशुफ मोहम्मद अल(हिल को स्वागत सम्मानमा जामिया सिराजुल उलुम अस(सलाफिया मुस्लिम कालेज झण्डानगरले आयोजना गरेको कार्यक्रममा कालेजका प्रोफेसर डास्अब्दुल गनी अल कुफीले १२० बर्ष पुरानो ईतिहास रहेको अल्पसंख्यक समाजको यस कालेजलाई विश्वविद्यालय समकक्ष पुर्याउन सबै सरोकारवालासंग अनुरोधगरेका छन ।

उनले थपे नेपाल कै सबभन्दा धेरै अल्पसंख्यक मुस्लिम बाहुल्य भएको कपिलवस्तु जिल्लामा मुस्लिम समुदाय शैक्षिणिक क्षेत्रमा पिछडिएको मानिन्छ तर केही मुस्लिम अगुवाहरुले स्थापित गरेको यस सिराजुल उलुम कालेजले लाखौं बिद्यार्थीहरुलाई शिक्षित बनाई मुस्लिम समाज बिकासमा टेवा पुर्याको कुरालाई नकार्न सकिन्न । त्यसैगरि राष्ट्रिय मदरसा संघका केन्द्रीयउपाध्यक्ष मौलाना मसुद नेपालीले नेपालमा मदरसाहरुको वर्तमान अवस्थालाई मध्यनजर गरि प्राविधिक शिक्षासंग जोड्ने पहल गर्नु पर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि जिल्ला शिक्षा कार्यालयका सहायक जिशिअ थानेश्वर ज्ञवालीले त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालय झैं पुरानो र ऐतिहासिक महात्व बोकेको यस सिराजुल उलुक कालेजलाई मुस्लिम विश्वविद्यालयबनाउनु पर्नेमा जोड दिनुभएका थिए ।

भैरहवा भ्रमणमा रहेका कतारी राजदुत प्रविधिक कारणबश आउन नसकेकाले अन्य मुस्लिम अगुवाहरुले अल्पसंख्यक समुदायको बिकास लागि सहयोग गर्न भैरहवा विमानस्थल पुगेर ज्ञापनपत्र बुझाएका थिए । राजुदुतको अनुपस्थितमा मुस्लिम नागरिक समाजले समाजिक सदभव कायम राख्न पवित्र ग्रन्थ कुरान सरिफबाट उपस्थित अतिथिलाई सम्मान गरेको थियो ।

कार्यक्रममा सदभावना पार्टी सचिव मिर्जाअरसद बेग, युवा संघ कपिलबस्तुका अध्यक्ष सुशील श्रीवास्तव, तत्कालिन कृष्णनगर गाविसका पुर्वअध्यक्ष अभय प्रताप शाह, सफर मियां, शाहिद खां, दिनेश चन्द्र गुप्ता लगायत मुस्लिम नागरिक समाज, कालेजका प्रअ मौलाना खुर्सिद अहमद,अब्दुल रसिद मदनी प्रबन्धक शमीम अहमद नदवी , डाः मन्जुर खां लगायत बिद्यार्थीहरुको बाक्लो उपस्थिति थियो ।