विश्व

सुतिरहेका चार बालबालिकाको ट्रकको ठक्करबाट मृत्यु



भारत, २२ चैत । भारतको झारखण्डमा उच्चगतिमा गुडिरेहको ट्रक ठक्करबाट चार बालबालिकाको मृत्यु भएको भारतीय प्रहरीले मङ्गलबार जनाएको छ ।

तीब्रगतिमा रहेको ट्रक खुल्ला चउरमा पुग्दा नजिकै रहेको क्रसर उद्योग वरपर सुतिरहेका चार बालबालिकाको ट्रकले किचेर झारखण्ड, पालाम जिल्लाको हरिहरगन्जमा सोमबार राति मृत्यु भएको हो ।

प्रहरी अधिकृत राकेश नन्दन मिन्जका अनुसार उक्त समय सवैजना खुला आकाशमा निदाइरहेका थिए ।

घटनापछि ट्रक चालक फरार रहेको बताइएको छ । भारतमा कमजोर सडक संरचना, अत्यधिक भार, चालकको लापरबाहीका कारण सडक दुर्घटना बढी रहेने गरेको छ ।

भारतीय सडक यातायात मन्त्रालयका अनुसार सन् २०१५ मा पाँच लाख एक हजार ४२३ सडक दुर्घटनाका कारण एक लाख ४६ हजार १३३ जनाको मृत्यु भएको थियो भने पाँच लाखभन्दा बढी मानिस घाइते भएका थिए । सिन्ह्वा