राजनीति

एमालेको सूर्यविनायकमा रक्तदान, युवा भेला र वडा भेला धमाधम



भक्तपुर,२३ चैत । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले भक्तपुरले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ ।भक्तपुरका सबै नगरपालिकामा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।

यसैक्रममा सूर्यविनायक नगरपालिकामा आगामी निर्वाचनलाई विशेष ध्यान दिई एमाले भक्तपुरले अभियानलाई तीव्र पार्दै आएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सूर्यविनायक नगरपालिकाकोविभिन्त्र वडाहरुमा संगठनका गतिविधिहरु धमाधम भैराखेका छन् ।

सूर्यविनायक ९ वडामा एमालेका केन्द्रीय सदस्य सोम मिश्रको प्रमुख आतिथ्यमा वडास्तरीय भेला नंखेलको शान्ति भैरबस्थानमा आयोजना गरियो । सो कार्यकम वडा संगठन कमिटीका संयोजक भैरबवहादुर खत्रीको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा नेता मिश्रले निर्वाचनमा कार्यकर्ताले खेल्नु पर्ने भूमिकाका वारेमा निर्देशन दिए ।

कार्यक्रममा सूर्यविनायक संगठन कमिटीका संयोजक बासुदेव थापा,नेताहरु उपेन्द्र केसी, रजन केसी,दिलिप केसी, पशुराम वाग्ले , श्रीराम व्यान्जु लगायतले आगामी निर्वाचनको तयारीका वारेमा वोलेका थिए ।
त्यसैगरी आज नै वडा नं १० अन्र्तगत भंगालमा निर्वाचन केन्द्रित टोल कमिटी,१० कै देउजा गाउँमा पनि टोल कमिटी निर्माण गरेको जिल्ला कमिटी सदस्य रजन केसीले जानकारी गराए । केसीका अनुसार वटा नं ५को कटुञ्जेमा पनि भेला आयोजना भयो, भने त्यसरी नै कटुञ्जेमा नै निर्वाचनलाई केन्द्रित गरेर मुक्ति समाज निर्माण गरियो ।

त्यसरी नै सुर्यविनायक नगरपालिका ८ सिपाडोलमा मा युवा संघ गठन तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम एमाले नेता महेश बस्नेतको प्रमुख आतिथ्यमा भयो । नेता बस्नेतले युवाहरुले निर्वाचनका बेला निर्वाह गर्नु पर्ने भूमिकाका बारेमा प्रकाश पारे ।

शुधिर थापाको अध्यक्षतामा ३३ सदस्यीय युबासंघको ८ नं वडा कमिटी गठन गरियो । जसको ,उपाध्यक्ष हरिशचन्द्र थापा, सचिब नबराज भट्टराई र उपसचिब अशोक के सी रहेका छन्।कार्यक्रमा ,किरण थापा ,अजय तामांग,कबिराम थापा,दिपक थापा, बिजय बस्नेत लगायतको उपस्थिति रहेको थियो ।