दाङ, २३ चैत । नेकपा एमाले का नेता शङ्कर पोख्रेलले लोकतन्त्रलाई संस्थागत गरी विधिको शासन स्थापित गर्न सबै लाग्नुपर्ने बताए ।
तुलसीपुर नगर जेसीजले आज तुलसीपुरमा आयोजना गरेको ‘नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान तथा भितेपात्रो विमोचन’ कार्यक्रममा उनले भने — “लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत विकास गरी अब देशलाई समृद्धितिर लैजानुपर्दछ ।”
नेता पोख्रेलले ‘नयाँ वर्ष २०७४ साललाई लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत गर्ने वर्षको रुपमा मनाऊ, यसमा विशेष गरी युवा वर्गले खबरदारी गर्नुपर्छ’ भन्दै हजारांै नेपाली युवा विदेशीएकाले मुलुकको आर्थिक समृृद्धिमा लागि अब स्वदेशमै स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।
“ स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्छ, उनले भने –— निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गरी देशलाई समृद्धितर्फ लैजानुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्