Banner News

एकतापछि उपेन्द्रको पार्टीलाई गच्छदारले पछि पारे



काठमाडौं,२३ चैत्र । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टीको नामबाट मधेश शब्द हटाएको छ । फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र दलित जनजाति पार्टी नेपालबीचको एकता पश्चात एकिकृत पार्टीको नाम नेपाल नेपाल लोकतान्त्रिक फोरम हुने भएको हो ।

दुई पार्टीका एकिकरणपछि व्यवस्थापिका संसदमा गच्छदारको पार्टी पाँचौं ठूलो दल भएको छ । अब फोरम लोकतान्त्रिकको १४, जनमुक्तिको दुई र दलित जनजातिको एक सांसदसहित गच्छदारको पार्टीमा १७ सांसद भएका छन् ।

एकीकरणपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पछि पारेको छ । समाजवादी फोरमको संसदमा १५ सिट छ ।
एकतापछि नयाँ पार्टीको अध्यक्षमा गच्छदार नै रहनेछन् ।