भक्तपुर,२३ चैत । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले भक्तपुरले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ ।भक्तपुरका सबै नगरपालिकामा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।
यसैक्रममा सूर्यविनायक नगरपालिकामा आगामी निर्वाचनलाई विशेष ध्यान दिई एमाले भक्तपुरले अभियानलाई तीव्र पार्दै आएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर चाँगुनारायण नगरपालिकाकोविभिन्त्र वडाहरुमा संगठनका गतिविधिहरु धमाधम भैराखेका छन् । यसबीच वडा नं ८ सुडालमा एमाले नेताहरु राजु सुवेदी, दामोदर दंगाल, परासर सापकोटा लगायतको उपस्थितिमा विद्यार्थी, युवा र किसानको भेला भएको छ । भेलाले
निर्वाचनलाई केन्द्रित गरेर कमिटी समेत गठन गरेको छ ।
मधु दुलालको संयोजकत्वमा युवा संघ,यादव दुलालको संयोकत्वमा अनेरास्ववियु र मिठाराम फूँयालको संयोजकत्वमा अखिल नेपाल किसान संघ गठन भएको छ ।युवा संघको सचिवमा मुकेश श्रेष्ठ,सदस्यहरुमा रसना मुसिख्वाल,सुवर्ण कार्की,एलिशा मुसिख्वाल,कुन्दन भण्डारी, पवन दुलाल, राजेश गिरी, लगायत रहेका छन । त्यसैगरी विद्यार्थीमा लम्मी तुईतुई,यसोदा तिमिल्सिना,ईश्वर कार्की, निरन्जन दुलाल,श्रुष्टि गोतामे लगायत रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्