काठमाडौं,२३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी ५ दिने राजकीय भ्रमणका सिलसिलामा भारत जानु हुने भएको छ ।
वैशाख ४ देखि ८ गतेसम्म भारत सरकारको निम्तोमा राष्ट्रपति भण्डारी भारत जानुहुने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले जनाएको छ । राष्ट्रपतिमा निर्वाचत भएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो । तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा राष्ट्रपतिको भारत भ्रमणको चर्चा भएपनि मुलुकमा भएको अघोषित नाकाबन्दीका कारण मिति तय हुन सकेको थिएन ।
05 April 2017 21:03 PM
प्रतिक्रिया दिनुहोस्