काठमाडौं, २४ चैत । यतिबेला खोटाङका २४ प्रधानाध्यापक र २२ स्रोतव्यक्ति काठमाडौंका राम्रा विद्यालयको अभ्यास हेर्न व्यस्त छन् । सार्वजनिक विद्यालयप्रति विश्वास कमजोर भएपछि राम्रा अभ्यासको अनुसरण गर्दै सुधार गर्ने उद्देश्य बोकेर उनीहरु काठमाडौं आएका छन ।
खोटाङका जिल्ला शिक्षा अधिकारी (जिशिअ) ज्ञानमणि नेपालको नेतृत्वमा प्रधानाध्यापक, स्रोतव्यक्ति, पेसागत संगठन र सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधि काठमाडौं आएर ठूला विद्यालयका अभ्यासको अवलोकन गरिरहेका छन् ।
टोलीले काठमाडौं बाफलको ज्ञानोदय मावि, भक्तपुरको बागेश्वरी माविको अवलोकन गरिरहेको छ ।उनीहरुले एसओएस, राताबंगलालगायतका निजी स्कुलमा हुने शिक्षण अभ्यासबारे पनि जानकारी लिएका छन् । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्