काठमाडौं,२४ चैत । नेकपा एमाले का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले यही वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा एमालेलाई बहुमतसहितको पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेको छन् । एमाले ताप्लेजुङको सिदिङ्बा गाउँ पालिकाको पहिलो चुनावी सभालाई साब्लाखु भन्ज्याङमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले केही हप्ता अघि सम्पन्न मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा पनि त्यो लहर देखिएको उनले उल्लेख गरे । केही दिनदेखि गृहजिल्ला ताप्लेजुङमा रहेका भट्टराईले अहिले कांग्रेस, माओवादीलगायतका दल एमालेको बढ्दो जनमत देखेर आत्तिएको आरोप पनि लगाए । उनले चुनावमा एमाले बहुमतसहित पहिलो दल हुन्छ भन्ने डरले केही दलले निर्वाचन नचाहे पनि तोकिएकै मितिमा निर्वाचन हुने सबै दल निर्वाचनमा सहभागी हुने दाबी गरे।
प्रतिक्रिया दिनुहोस्