सम्पादकीय

अस्पतालमै अर्को आत्महत्या



काठमाडौं, २५ चैत । बिरामी तथा अन्य व्यक्तिले अस्पताललाई आत्महत्या गर्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन् । एक वर्षमा काठमाडौंका अस्पतालभित्र तीनजनाले आत्महत्या गरिसकेका छन् ।

चिकित्सकका अनुसार यस्ता घटना काठमाडौंका अस्पतालमा एक वर्षअघिसम्म सुनिँदैन थिए । पारिवारिक झगडा, मानसिक तनाव, आर्थिक अभावजस्ता कारणले अस्पतालमा आत्महत्या गर्ने गरेका छन् ।

बिहीबार बिहान मात्रै राष्ट्रिय ट्रमा सेन्टरमा एक वृद्धाले आत्महत्या गरेकी छिन् । ६५ वर्षकी जयकला घर्तीमगरले सेन्टरको पाँचौँ तलाको झ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

पैसा तिर्न नसकेर बिरामीले आत्महत्या गर्ने घटना हुने गरेका भए पनि पछिल्लो समय आर्थिक अभाव र मानसिक तनावकै कारण बिरामीले आत्महत्याको बाटो रोज्ने गरेको चिकत्सकहरू बताउँछन् ।

आर्थिक अभावले होइन : निर्देशक

बाग्लुङ निसी–१ घर भएकी जयकला मेरुदण्डमा समस्याले हिँड्न नसकेपछि तीन हप्ताअघि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएकी थिइन् । उनको मृत्युको कारणबारे अझै यकिन हुन सकेको छैन ।

घटनाले आफूहरू स्तब्ध भएको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्यायले बताए । ‘बाहिर देख्दा आर्थिक अभावजस्तो देखिन्छ, तर उहाँहरूले आफू गरिब भएको अस्पताललाई भन्नुभएन,’ डा. उपाध्यायले भने, ‘औषधिहरू किनेर ल्याउँथे, अस्पतालको चार्ज असाध्यै न्यून थियो ।’ बेडमा एक रात बसेको दुई सय रुपैयाँ लाग्छ । ‘

जयकलाको अप्रेसन गर्नुपर्ने रोग थिएन,’ डा. उपाध्यायले भने, ‘उनको मेरुदण्डको पछाडिपट्टिको भागमा टिबी भएको थियो । स्वास्थ्य उपचार भइरहेको थियो । धेरै ठूलो खर्च लाग्ने अवस्था पनि थिएन ।

त्यसैले आर्थिक अभावका कारण आत्महत्या गरेको हो भन्ने विषयमा सत्यता छैन ।’ बिहीबार मात्रै उनका परिवारले पाँच हजारको औषधि किनेर ल्याएका थिए ।
हिजो बेलुकी आमाले निकै दुख्यो भन्दै हुनुहुन्थ्यो । मैले तेल लगाएर मालिस पनि गरिदिएकी थिएँ । उहाँ निको हुने होइन, पैसा मात्र खर्च भयो भन्दै हुनुहुन्थ्यो ।

हामीले चिन्ता लिनुपर्दैन, निको हुन्छ भनेर आश्वासन दिएका थियौँ । केही हिँडडुल पनि गर्नुहुन्थ्यो । उहाँलाई सहयोग गर्न हस्पिटलमा म र मामा मात्र थियौँ । म आज बिहान ४ बजे नै उठेर हेर्दा उहाँलाई देखिनँ ।

ट्वाइलेटतिर हेर्न गएँ । त्यहाँ पनि भेट्टाउन सकिनँ । त्यसपछि मामालाई उठाएर खोज्न थाल्यौँ । यसो झ्यालतिर हेर्दा त उहाँ झुन्डिरहनुभएको थियो । झ्यालको फलाममा आफ्नै पटुकाको पासो लगाएर झुन्डिनुभएको रहेछ । हामीले त विश्वास नै गर्न सकेनौँ । नयाँ पत्रिकामा समाचार छ ।