काठमडौं,२५ चैत । नेपाली काँग्रेसका केन्द्रीय तथा संसदीय दलको संयुक्त वैठक वसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठकमा स्थानीय तको निर्वाचनका लाग तयार पारिने घोषणापत्रको विषयमा छलफल भइरहेको छ ।
केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित घोषणा समितिले विभिन्न क्षेत्रका विज्ञ, पूर्वपदाधिकारी, जिल्ला नेता, पेशागत संघसंस्थाका प्रतिनिधि बुद्धिजीवीबाट आएका राय सुझाबहरुलाई समेटेर निर्वाचनका लागि तयार पारिएको घोषणापत्रको प्रारम्भिक मस्यौदाामाथि छलफल भईरहेको छ ।
त्यसै नै बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित निर्वाचन परिचालन समितिले हालसम्म गरेका कार्य प्रगतिको विषयमा पनि छलफल चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्