काठमाडौं, २६ चैत । डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बनाउन सत्तासीन घटकबीच सहमति भएको छ । सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो ।
सरकारले फागुन १ मा डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि प्रहरी प्रशासन निमित्त प्रमुखबाट चल्दै आएको छ ।
अदालतले कार्यसम्पादन मूल्यांकन र वरियतालाई आधार बनाएर प्रहरी प्रमुख नियुक्त गर्न सरकारका नाममा आदेश दिएपछि फागुन १ को निर्णय अलपत्र परेको थियो ।।
स्रोतका अनुसार, प्रहरी प्रमुख चयन विषयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापाबीच तीन दिनअघि सहमति भएको छ । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्