Banner News

शशांकले भने– मोर्चा चुनावमा आउँछ कुनै पनि हालतमा निर्वाचनको मिति सर्दैन



विराटनगर,२६ चैत्र । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकभर स्थानीय तहको निर्वाचनको माहौल बनिसकेकाले अब कुनै पनि हालतमा निर्वाचनको मिति नसर्ने बताए ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसंग कुरागर्दै महामन्त्री कोइरालाले मधेसीमोर्चालाई निर्वाचमा सहभागी गराउन प्रयास भइरहेकाले मोर्चा पनि निर्वाचनमा आउने विश्वास व्यक्त गरे ।

महामन्त्री कोइरालाले सिमांकनको विषय थाती राखेर बाँकी विषयलाई निर्वाचन अघि सहमति कायम गर्नेगरी मोर्चासँग छलफल भइरहेको वताए ।