राजनीति

बुढालिनकण्ठ नगरपालिकामा मेयरका आंकाक्षीको जनस्तरमा थरिथकिा चर्चा



जताततै चुनावी चर्चा छ । कुन पार्टीले कस्तो उम्मेदवार उठाउँला भन्ने जिज्ञासाले गाउँ शरह जताततै तातो तातो लाग्न थालेको छ । वास्तवमा यस पटक हुने निर्वाचनमा पार्टीले आफ्नो तर्फबाट उम्मेदवार चयन गर्दा गम्भीरता देखाएन भने त्यसले सम्बन्धीत भूगोलको भाग्य, भविष्य र संम्वुद्धिको यात्रा नै ठप्प हुन्छ । त्यसैले ठूला राजनीतिक दलहरुले उम्मेदवार चयनमा विशेष ध्याँन दिनुपर्छ भन्ने आममानिसले चासो राख्न थालेका छन् । उम्मेदवार चयन गर्दा केवल पार्टीमा लामो समयदेखि लागेको भन्ने विषयलाई मात्रै मूल आधार बनाउनु हुँदैन भन्ने आवज जनस्तरबाट जोडतोडका साथ उठ्न थालेको छ । पूर्व गाविस अध्यक्ष भएको वा तीन दशकदेखि पार्टीमा कृयाशील भएको भन्ने सतही योग्यता नै स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन एक मात्रै मापदण्ड बनाउनुँ हुँदैन् ।
फेशबुक नामक सामाजिक सञ्जालमा टुटेफुटेका भाषामा फलानो पदको सर्वाधिक योग्य उम्मेदवार हुँ भनेर लेख्ने वा लेख्न लगाउने प्रवृतिबाट गाविस अध्यक्ष भएको वा यतिवर्षदेखि राजनीतिमा कृयाशिल हुनुको योग्यता सही मानेर टिकट बाँडियो भने सम्भवतः अबको स्थानीय निकाय संचालन त होला ? तर त्यसले संमृद्धिको र परिवर्तनको एजेण्डालाई अघि बढाउँन सक्दैन् । सरकारले स्थानीय निकायलाई स्थानीय सरकार बनाएको हुनाले यो राज्य चलाएझैँ चलायमान हुने संस्था बनेको छ । सरकार भएकाले यसले राज्य संचालनको हैसियतले आफ्नो कानुन नीति निर्माण तथा कार्यान्वयन गर्न पाउने आफ्नै अधिकार प्राप्त गरेको छ स्थानीय निकायले । त्यसैले पनि अबको उम्मेदवार चयनको विषय राजनीति दलहरुले गम्भीरता देखाउँनै पर्छ ।
त्यसोत स्थानीय तहमा मेयर भन्नाले सो क्षेत्रको प्रधानमन्त्री हो । बुढानिलकण्ठ नगरपालिकाको कुरा गर्दा यो प्रधानमन्त्रीसरहको पदका लागि हुने घमासानमा के उचित व्यक्तिहरुले दावी गरिरहेका छन् त रु उचित अनुचितको परिभाषा कसरी गर्ने रु लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहिन भएकोले दावी गर्ने अधिकार हरेक राजनीतिक कार्यकर्ताको हो तर सबैभन्दा बुझ्नु पर्ने के हो भने मेयर, उपमेयर वा वडाध्यक्ष भनेको राजनीतिक पद होइन यो कार्यकारी पद हो । राजनीतिक इतिहासले यो पद हाँक्न सकिदैन । यो पद हाँक्न कानुनी ज्ञान, प्रशासकीय क्षमता तथा बौद्धिकताको जरुरी छ ।

कानुनी ज्ञान, प्रशासकीय क्षमता र बौद्धिकताको कसीमा जाँचेर यदि मेयर, उपमेयर वा उम्मेदवार उठाउने काम गरिएन भने स्थानीय निकाय कर्मचारीले चलाएको भन्दा पनि कमजोर हुनेछ । यो विषयमा राजनीति गर्नेहरुले बुझ्नु जरुरी छ । तर के राजनीतिक दलहरुले यो कुरा बुझेर उम्मेदवार देलान् रु नेपाली कांग्रेस र एमालेले लोकप्रियताको आधारमा टिकट बाँड्ने भनेर एकदमै सस्तो कुरा उठाएका छन् । लोकप्रियताको नामममा कानुनी ज्ञान, प्रशासकीय क्षमता र बौद्धिकताको कसीमा कमजोर हुने व्यक्तिलाई चुनावी मैदानमा पठाइयो भने स्थानीय निकाय भयांकार दुर्घटनामा पुग्नेछ ।

बुनपामा शैक्षिक योग्यताको आधारमा हेर्ने हो भने नेपाली कांग्रेसका मेयर दावी गर्नेहरुभन्दा एमालेबाट मेयर दावी गर्नेहरु अब्बल मानिन्छन् । स्थानीय निकाय चलाएको अनुभवको आधार हेर्दा पनि नेकाभन्दा एमाले नै अगाडि छ । एमालेका जयराम थापा, दीपक निरौला, उद्धब खरेल, कुसुम कार्की सबै स्नातकोत्तर तथा स्नातक हुन् भने नेकाबाट प्रायः सबै प्रमाणपत्र तह शैक्षिक योग्यता हासिल गरेका छन् । शैक्षिक योग्यताको साथै कुशल प्रशासकीय क्षमताको आधारमा हेर्ने हो ?