भक्तपुर,२६ चैत्र । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले भक्तपुरले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ ।
भक्तपुरका सबै नगरपालिकामा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।
यसैक्रममा चाँगुनाराण नगरपालिकामा आगामी निर्वाचनलाई विशेष ध्यान दिई एमाले भक्तपुरले अभियानलाई तीव्र पार्दै आएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर चाँगुनारायण नगरपालिकाकोविभिन्त्र वडाहरुमा संगठनका गतिविधिहरु धमाधम भैराखेका छन् ।
चाँगुनारायण वडा नं ८ मा एमाले ले २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गठन गरेको छ ।
२५ जना राप्रपा लगायतका व्यक्ति हरू एमाले प्रवेश गरेका छन् । प्रवेश गरेकाहरुलाई केन्द्रीय सदस्य सोम मिश्रले टीका लगाएर पार्टी मा स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्