सम्पादकीय

एमाले काठमाडौंमा भाँडभैलो



काठमाडौं, २७ चैत । नेकपा एमालेभित्र नेतृत्वमा रहेको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको छ ।

नेतृत्वको टकरावका कारण काठमाडौं जिल्लाको अधिवेशन समेत हुन सकेको छैन ।

सात बर्ष बितिसक्दा समेत अधिवेशन हुन नसकेपछि अध्यक्ष केपी ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद चुलिएको छ ।

पार्टीको विधानअनुसार तीन – तीन बर्षमा हुनुपर्ने जिल्ला अधिवेशन विवादको कारण सात बर्ष बितिसक्दा पनि हुन सकेको छैन । नेपाल समाचारपत्रमा समाचार छ ।