विश्व

फिलिपिन्समा ५।९ म्याग्निच्युडको भूकम्प



 

मनिला, २६ चैत । फिलिपिन्समा स्थानीय समय अनुसार शनिबार ३ बजेर ८ मिनेट जाँदा ५।९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग युएसजीएसले जनाएको छ । भूकम्पको केन्द्र विन्दु मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराईमा रहेको यूएसजिएसले जनाएको छ ।

भूकम्पको धक्का राजधानी मनिला सहित वाताङ्गस मिन्डोरो र कालापानका अधिकाँश इलाकामा महसुस गरिएको थियो ।

समाचार तयार पार्दासम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक संरचनाको क्षति भएको खबर प्राप्त भएको छैन । तर लुजोन टापूमा भूकम्पपछि विद्युत प्रशारणमा अवरुद्धता आएको बताइएको छ ÷सिन्ह्वा