सम्पादकीय

निजी स्कुलको सिन्डिकेटः अभिभावकलाई सास्ती



काठमाडौं, २८ चैत । नयाँ शैक्षिक भर्ना सुरु भएसँगै अभिभावकलाई किताब किन्ने, नानी भर्ना गराउने र विभिन्न थरीका शुल्कको भारले तनाव हुने गरेको छ । यो वर्ष पनि यही क्रमले निरन्तरता पाउँदैछ ।

बाबुनानी कक्षा चढेकोमा खुसी हुनुपर्ने अभिभावकलाई यति बेला पुस्तक जुटाउने समस्याले पिरोलेको छ ।
‘ऋण नै लिएर नानीहरुको किताब किन्नुपर्यो’ ललितपुरस्थित लिटिल एन्जल्स स्कुलका एक अभिभावकले भने, ‘दुई छोराछोरीको कापीकिताब किन्न नौ हजार रुपैयाँ खर्च गर्नुपर्यो ।

त्यसमाथि थरीथरीका पब्लिकेसनको किताब किन्नुपर्ने झन्झटले वाक्कै बनायो । आखिरमा स्कुलले भनेकै पसलबाट किन्न बाध्य भएँ ।’यसपटक उनका एक छोरी ७ र अर्की छोरी ४ कक्षामा भर्ना भएका छन् ।

स्कुल सञ्चालकले कमिसनको चक्करमा थरीथरीका पब्लिकेसनका पुस्तक सिफारिस गर्ने, उनीहरुले भनेकै ठाउँबाट किताब किन्नुपर्ने तर छुट नदिने, अन्यत्र किताब किन्न नपाइनेजस्ता कारण मर्का परेको अभिभावकको गुनासो छ । नागरिकमा समाचार छ ।