शैक्षिक

परिचय चितवनको क्यान्सर रोकथामका लागि शुभकामना साँझ



अमिर रामदाम, 

चितवन, चैत २८ । परिचय चितवनले क्यान्सर रोकथाम अभियान तथा उपचार सहयोगार्थ शुभकामना साँझ यहि चैत ३० गते राष्ट्रिय एवं स्थानिय कलाकारका साथमा गर्ने भएको छ । विसं२०६६ सालमा स्थापना भएको संस्थाले स्तन क्यान्सर, पाठेघर क्यान्सर लगायत विविध शिर्षकहरुमा परामर्श, परिक्षण, तालिम, अन्तरक्रिया कार्यक्रमहरु गरिरहेको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष बन्दना कुमारी खाँडले क्यान्सर रोकथाम अभियानलाई प्रभावकारी बनाउन शुभकामना साँझ गर्न लागेको बताइन् । कार्यक्रममा मिलन लामा, इन्दीरा जोशी, सरिता श्रेष्ठ गुरुङले आफ्नो प्रस्तुति दिने भएका छन् ।
भरतपुर महानगरपालिका, विपि कोइराला मेमोरियल अस्पतालको सहयोगमा र परिचय संस्थाको आयोजनामा कार्यक्रम हुन गइरहेको छ । टिकट विक्रीबाट चार लाख आर्थिक संकलन हुने र एक लाख खर्च हुने आयोजक संस्थाकी अध्यक्ष खाडँले बताइन् ।
भेटघाट कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सबै पत्रकारहरुलाई कार्यक्रमको सहजीकरण गर्न अनुरोध गरे ।