शैक्षिक

राजेन्द्र राजथलाको संयोजकत्वमा भक्तपुरमा ५५१ सदस्यीय निर्वाचन परिचालन कमिटी



भक्तपुर,२८ चैत्र । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले भक्तपुरले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ ।

भक्तपुरका सबै नगरपालिकामा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।यसैक्रममा आज मध्यपुरमा एमालेले जिल्ला स्तरीय निर्वाचन केन्द्रीत अगुवा कार्यकर्ता भेला आयोजना ग¥यो ।

पार्टी उपाध्यक्ष एंव प्रदेश नं तीनकी संयोजक अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा प्रमुख अतिथि शाक्यले एमालेलाई यो निर्वाचनबाट पहिलो शक्ति बन्न बाट कसैले पनि रोक्न नसक्ने वताइन ।

उनले जिल्लामा पनि पार्टीलाई पहिलो पार्टी बनाउनका लागि कार्यकर्ताहरुलाई आ–आफ्नो ठाउँमा परिचालित हुन निर्देशन दिइन् । जिल्ला अध्यक्ष राजेन्द्र राजथलाको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन उपाध्यक्ष बचन देउजाले गरेका थिए भने स्वागत मनतव्य सचिव हरिशरण लामिछानेले गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य सोम प्रसाद मिश्र, सभासद केदार संजेल,युवा नेता महेश बस्नेत, नेताहरु राजेन्द्रमान श्रेष्ठ, नेतृ सरस्वति वाटी लगायतले स्थानीय निकायको निर्वाचनमा एमालेलाई जिल्लामा पहिलो पार्टी बनाउने उद्घोष गरे ।

सो भेलाले अध्यक्ष राजेन्द्र राजथलाको संयोजकत्वमा ५५१ सदस्यी जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग प्रमुख श्यामसुन्दर बस्नेतले जानकारी गराए ।

बस्नेतका अनुसार भेलाले पाँचवटा उपसमिति समेत गठन गरेको छ । उपाध्यक्ष बचन देउजा प्रमुख रहेको आर्थिक विभाग, श्यामसुन्दर बस्नेतको संयोजकत्वमा प्रचार –प्रसार, शैलेन्द्र श्रेष्ठको संयोजकत्वमा स्वयसेवक र गोविन्द चौलागाईको संयोजकत्वमा कानून विभाग समेत गठन गरिएको छ ।