काठमाडौं,२८ चैत्र ।सरकारले प्रहरी महानिरीक्षकमा डीआईजी प्रकाश अर्याललाई नियुक्त गरेको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद वैठकको यो निर्णयपछि झण्डै दुई महिना लामो समयपछि नेपाल प्रहरीले नेतृत्व पाएको छ ।
मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न कमिटी गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्