सम्पादकीय

२९ नम्बरसँगको प्रकाश अर्यालको अनौठो संयोग



काठमाडौं, २९ चैत । दाङका प्रकाश अर्याल २०४४ चैत २९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा पास भए । संयोग प्रहरी संगठनमा प्रवेश गरेको ठ्याक्कै २९ वर्षमा उनी संगठनको २५ औं प्रहरी महानिरीक्षक बनेका छन्।

२९ को संयोगले नियुक्तिमा मात्रै उनलाई पच्छ्याएको छैन, प्रहरी नियमावलीमा कुनै संसोधन नभए २०७४ चैत २९ मा ३० वर्षे अवधिका कारण उनी सेवानिवृत्त हुनेछन्। दाङ घोराहीका अर्याल सानैहुँदा बाबु हराएका थिए ।

आमाको लालनपालनमा हुर्केका उनले प्रहरी निरीक्षकमा आवेदन दिएका थिए । परीक्षपछि चैत २९ मा नतिजा आउँदा उनको नाम पहिलो नम्बरमै थियो । नागरिकमा  समाचार छ ।