सम्पादकीय

चुनावपछि मात्र संविधान कार्यान्वयन’



काठमाडौं, २९ चैत । कांग्रेस सभापति शेरबहादुर देउवाले तीनवटै निर्वाचन सम्पन्न गरेपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन् । ‘निर्वाचन नै अहिलेको मुख्य प्राथमिकता हो । निर्वाचन गर्न नसके हालसम्म प्राप्त उपलब्धी गुम्छन्,’ सोमबार तुलसीपुरमा आयोजित प्रदेश नं. ५ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘संबिधान कार्यान्वयनका लागि सबै असन्तुष्टीहरुलाई सम्बोधन गरी निर्वाचन सम्पन्न गर्न आवश्यक छ ।’

मधेसवादी दलहरुलाई सहमतिमा नल्याए निर्वाचन सम्पन्न गर्न नसकिने धारणा उनले राखे । मधेश पहाडका नाममा भैरहेको विवाद्ले देशलाई बिखण्डतर्फ लैजाने देउवाले बताए । उनले राष्ट्रवादका नाममा मधेस विरुद्ध नबोल्न एमालेलाई र पहाडे विरुद्ध नबोल्न मधेसवादी दललाई अनुरोध गरे ।

‘यो एकले अर्कालाई अबिश्वास गर्ने समय होइन । सबै मिलेर काम गर्नुपर्छ,’ उनले भने, ‘विपिले भने जस्तै काँग्रेसले सबैसँग मेलमिलाप गरेर अघि बढ्ने सोच बनाएको छ ।’

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले हालसम्म भएका सबैखाले परिवर्तन काँग्रेसकै नेतृत्वमा भएकाले संबिधान कार्यान्वयन पनि काँग्रेसकै नेतृत्वमा हुने बताए । मधेसको असन्तुष्टीलाई सम्बोधन गरेर मात्रै राष्ट्रियता बलियो हुने बताउँदै उनले निर्वाचन सम्पन्न गरेर मात्र संबिधानले गति लिने बताए ।

‘काँग्रेसले हरेक परिवर्तनको नेतृत्व गरेको छ । अब संबिधान कार्यान्वयनका लागि पनि हामी नेतृत्व गर्छांट:’ उनले भने,‘निर्वाचन सम्पन्न गराउन हामी नै पहलकदमी लिन्छौं ।’

यसैगरी महामन्त्री सशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य एवं सिचाई मन्त्री दिपक गिरी, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल लगाएतले निर्वाचनमा एकजुट भएर लाग्न सबै नेता कार्यकर्तालाई अनुरोध गरे ।

सभामा ५ नं परदेशका सबै जिल्लाका सभापति र जिल्ला समितिका नेताहरु आएको कांग्रेस जिल्ला सचिव शंकर डाँगीले जानकारी दिए । स्थानीय तहको चुनावलाई केन्द्रीत गरी सभा आयोजना गरिएको उनले बताए । कान्तिपुरमा समाचार छ ।