काठमाडौं, ३० चैत । बर्दिबास–२ स्थित एकीकृत नमुना मुसहर बस्तीका घरमा बिहानै सूर्यको पहिलो किरण पर्नेबित्तिकै नीलो रङले छाएको जस्तापाता टलक्क टल्किन्छ । जस्ताको चमकले वातावरण त उज्यालो हुन्छ नै, मुसहर बस्तीकी एक सय तीन वर्षीया मरनीदेवी सदाको चाउरी परिसकेको मुहार खुसीले गमक्क परेको देख्न पाइन्छ अचेल ।
राम्ररी हिँड्डुल गर्न नसक्ने मरनीदेवी कहिले वैशाख १ आउला र पक्की घरमा प्रवेश गर्न पाइएला भन्ने पर्खाइमा छिन् । बिहानैदेखि साँझ नपरेसम्म उनका आँखा तिनै जस्ताले छाएको घरमा डुलिरहन्छ ।
इँटाको रङको भित्तामा सेतो पेटी काटेर नील रङका जस्ताले छाएका एकै आकार र डिजाइनमा बनेका घर देख्दा मुसहर बस्तीकै ८१ वर्षीया मोहनी सदा पनि खुसीले गदगद् छिन् । मोहनीले आफूहरुको दिन फेरिएकाले असाध्यै खुसी लागेको बताइन् ।
मरनीदेवी र मोहनी मात्र हैन, धुर्मुस–सुन्तलीले नमुना एकीकृत बस्ती बनाइदिएपछि मुसहर समुदायमै खुसी भित्रिएको छ । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्