सम्पादकीय

मेची–महाकाली गर्दा नराम्रोसंग हारिदो रहेछः प्रचण्ड



काठमाडौं, ३० चैत । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेची–महाकाली अभियान गर्दा नराम्रोसंग हरिने बताएका छन् । ललितपुर महानगरपालिकाको प्रथम एकता अधिवेशनमा प्रचण्डले भने ‘२०५१ सालतिर मेची–महाकाली अभियान गर्दा काग्रेसले नराम्रोसंग हार्यो ।

दोस्रो संविधान चुनावमा हामीले मेची–महाकाली अभियान चलायौँ, हामीले नराम्रोसंग हार्यौँ, अहिलेको स्थानीय तहमा एमालेले मेची–महाकाली अभियान चलाएको छ, एमालेले नराम्रोसंग हार्छ ।’

मेची महाकाली अभियान सञ्चालन गर्ने पार्टीले विगतमा नराम्रो परीणाम भोगेकाले यस पटक पनि एमालेको खास्सै राम्रो नतिजा नआउने प्रचण्डले बताए । कार्यक्रममा प्रधानमन्त्रीले माओवादी मुद्धैमुद्धा भएको पार्टी भएको तर्क समेत गरे ।

संघीयता,धर्मनिरपेक्षता, समावेशिता लगयात सबै मुद्धा माओवादीको भएकाले स्थानीय तहमा जिताउँन जनतालाई आग्रह गरे । अहिलेको स्थानीयतहको चुनावमा काँग्रेस र एमालेको मुद्धा नै नभएको प्रचण्डले आरोप लगाए । नयाँ पत्रिकामा समाचार छ ।