सम्पादकीय

करेन्ट लागेर मृत्यु



काठमाडौं, ३० चैत । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका बुडोलडाँडामा गएराति करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला तौथली–३ का ४० वर्षीय हरिबहादुर कुसुले रहेको प्रहरीले जनाएको छ ।

राति ९ बजेतिर बनेपाको बुडोलडाँडामा बा४ख ७९०६ नंको टिपरबाट बालुवा खसाल्ने क्रममा बिजुलीको तारमा छोएर करेन्ट लागेर मृत्यु भएको हो । रासस