Banner News

उद्योगीहरुको नयाँ नेतृत्वमा अध्यक्ष राणा र वरिष्ठ उपाध्यक्ष गोल्छा



काठमाडौं,३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि अध्यक्षमा भवानी राणा र वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासहितको प्यानल विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र अधिकांश कार्यकारिणी सदस्यमा गोल्छा समूहको वर्चस्व रह्यो । वरिष्ठ उपाध्यक्षमा गोल्छाले ६३।३० प्रतिशत मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी किशोरकुमार प्रधानले ३६।७० मत ल्याउनुभयो ।

वरिष्ठ उपाध्यक्षमा जिल्लारनगर उद्योग वाणिज्य संघको ५० प्रतिशत, एसोसिएट सदस्य ३० प्रतिशत र वस्तुगत संघ सदस्यको २० प्रतिशत मतभार हुन्छ । जिल्लारनगर र एसोसिएट मतमा गोल्छा बलियो देखिनुभएको छ । वस्तुगत सदस्यको भोट भने प्रधानले बढी प्राप्त गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्षमा निर्वा्चित गोल्छा तीन वर्षपछि स्वतः अध्यक्ष हुनुहुनेछ । महासंघको संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

जिल्लारनगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले दिनेश श्रेष्ठलाई सात मतले हराउनुभएको हो । एक सय चार मतमध्ये प्रमोदले ५५ र दिनेशले ४८ मत पाउनुभएको थियो । उपाध्यक्ष पदमा प्रमोदले प्रधान प्यानलबाट उम्मेदवार दिनुभएको थियो । यस्तै, वस्तुगत उपाध्यक्षमा अनुपबहादुर मल्ल र शंकरप्रसाद पाण्डेलाई हराउँदै गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ४९ मत प्राप्त गर्दा शंकरले ३८ र अनुपले ११ मत ल्याउनुभएको थियो ।

एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । गोल्छा समूहका ढकाललाई प्रधान समूहको पनि समर्थन रहेपछि निर्विरोध हुनुभएको हो । एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा गोल्छा समूहका सबै उम्मेदवार विजयी भएका छन् । एसोसिएट १९ सदस्यका लागि २२ जना प्रतिस्पर्धामा थिए ।

यसैगरी, वस्तुगत सदस्यमा गोल्छा समूहका ११ जना विजयी भएका छज्, प्रधान समूहबाट तीन जना विजयी भएका छन् । महासंघमा वस्तुगत सदस्य १४ जना रहने व्यवस्था छ । वस्तुगत सदस्यमा चार जना उम्मेदवारले समान ५० मत ल्याएका थिए । चारमध्ये गोलाप्रथाबाट दुईजना छनोट गर्दा दुबैजना गोल्छा समूहबाट परेका छन् ।

जिल्लारनगर सदस्यमा पनि गोल्छा समूह हाबी देखिएको छ । जिल्लारनगरबाट खुलातर्फ १८ सदस्यका लागि २८ जना प्रतिस्पर्धामा थिए । महासंघको संशोधित विधानले प्रत्येक प्रदेशबाट एक÷एक जना केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित गर्ने व्यवस्था छ । यसअन्र्तगत १ नम्बर प्रदेशबाट रोहितप्रसाद प्रसाईं, २ बाट गणेशप्रसाद लाठ, ३ बाट कमलकुमार श्रेष्ठ, ४ बाट निर्माणकुमार श्रेष्ठ, ५ बाट भीमबहादुर थापा क्षत्री, ६ बाट लंकमान रोका र ७ बाट प्रकाशबहादुर साउद विजयी हुनुभएको छ ।

महासंघको संस्थापक सदस्यबाट मोरङ व्यापार संघका पूर्वअध्यक्ष अविनास बोहरा निर्विरोध निर्वा्चित हुनुभएको छ । महासंघको वस्तुगत सदस्यमा अञ्जन श्रेष्ठ, आकाश अधिकारी, कमला श्रेष्ठ, जयप्रसाद सिवाकोटी, डा।तिलचन्द्र भट्टराई, प्रकाशसिंह कार्की, शिवप्रसाद घिमिरे, विनोद ढकाल, सकुन्तलाल हीराचन, सन्दीपकुमार अग्रवाल, सुनील गोपाल श्रेष्ठ, सुरेन्द्रकुमार श्रेष्ठ, रविनकुमार श्रेष्ठ र हेमराज ढकाल विजयी हुनुभएको छ । चार जनाको समान मत आएपछि सुनील गोपाल र रविनकुमार गोलाप्रथाबाट छानिनुभएको हो ।

एसोसिएट सदस्यमा अशोककुमार टेमानी, अशोककुमार तोदी, आनन्दकुमार बगरिया, ओमबहादुर राजभण्डारी, कृष्णप्रसाद दुलाल, गोपाल खनाल, ज्योत्स्ना श्रेष्ठ, प्रवलजंग पाण्डे, भरतराज आचार्य, मनीषकुमार अग्रवाल, मंगेशलाल श्रेष्ठ, राजेशकुमार अग्रवाल, रामशरण थपलिया, रञ्जितराज आचार्य, विजयसिंह वैद्य, शाहिल अग्रवाल, सुनील नारायण श्रेष्ठ, सौरभ ज्योति र ज्ञानेन्द्रलाल प्रधान विजयी हुनुभएको छ । एसोसिएटतर्फ निर्वाचित सबै १९ जना सदस्य गोल्छा समूहका उम्मेदवार हुन् ।

जिल्लारनगरतर्फ खुला सदस्यमा उमेश डालमिया, सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनीषलाल प्रधान, कृष्णप्रसाद शर्मा, दीपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ अर्घाखाँची उवासंघ, ध्रुवराज श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ, चन्द्रकान्त अधिकारी, कृष्णप्रसाद श्रेष्ठ नेपालगन्ज उवासंघ, राजेन्द्रकुमार श्रेष्ठ, राजकुमार न्यौपाने र कल्याण जोशी विजयी हुनुभएको छ । देवकुमार श्रेष्ठ र सुदर्शन कार्कीले बराबरी मत ल्याएपछि आधारआधा कार्यकाल जिम्मेवारी निभ्याउने सहमति गर्नुभएको छ ।

संशोधित विधानमा कोषाध्यक्ष पद पनि व्यवस्था छ । कार्यकारिणी सदस्यमा निर्वा्चित सदस्यमध्येबाट एकजना कोषाध्यक्ष बन्न पाउँछन् । गोल्छा समूहले ज्ञानेन्द्रलाल प्रधानलाई कोषाध्यक्षको उम्मेदवार बनाएको छ । गोल्छा समूहले बहुमत ल्याएकाले प्रधान कोषाध्यक्षमा निर्वा्चित हुने निश्चित छ । यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट अजय मुडवरी निर्विरोध निर्वा्चित हुनुभएको छ । द्विराष्ट्रियबाट एकजना कार्यकारिणी सदस्य रहने व्यवस्था छ । सौन्दर्यकला व्यवसायी संघ, पद्मावती हस्तकला उद्योग पोखरा, मनकामना ढाका उद्योगको संयुक्त आयोजनामा महासंघ पदाधिकारीलाई स्वागत गरिएको थियो ।अन्नपूर्ण दैनिकबाट