सम्पादकीय

संशोधन प्रस्तावको विरोधमा मोर्चाको प्रदर्शन



काठमाडौं, १ बैशाख । सरकारले संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता गरेपछि स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णयमा पुगेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिहीबार सप्तरीको राजविराजसहित विभिन्न शहरमा बिरोध प्रदर्शन गरेको छ ।

संविधान संशोधनको नयाँ बिधेयकले मोर्चा र गठबन्धनले उठाएको माग सम्बोधन नगरेको भन्दै मोर्चाले मुद्दा सम्बोधन गराउन आन्दोलनलाई निरन्तरता दिएको बताउँदै देशका विभिन्न शहरका विरोध प्रदर्शन गरेको हो । राजविराजमा आयोजित कोणसभामा वक्ताहरुले मोर्चा र गठवन्धनसँग सरकारले गरेको छलफलमा उठेका मुद्दा विपरित संविधान संशोधनको नयाँ विधेयक ल्याएको आरोप लगाए ।

वक्ताहरुले माग सम्वोधन विना गरिने स्थानीय चुनावमा सहभागी नहुने र जवरजस्ती निर्वाचन गरे विथोल्ने चेतावनी दिएका छन् । नयाँ बिधेयक पहिलेभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै निर्वाचन बहिस्कारसहित आन्दोलनमा उत्रने निर्णय गरेको सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले बताए ।

मोर्चा र सङ्घीय गठबन्धनले सरकारसमक्ष प्रस्तुत गरेको ११ र २६ बुँदे मागअनुसार संविधान संशोधन गरी मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले बताए ।

नागरिकता, भाषा, राष्ट्रिय सभाका बारेमा पूरानै बिषय राखिएको भन्दै सद्भावना पार्टीका महासचिव मनिष सुमनले सहमति र सम्झौताविपरीत सरकारले ल्याएको नयाँ संशोधन प्रस्तावले सीमांकन लगायतका मुद्दा सम्वोधन नगरेको बताए । अन्नपुर्ण पोष्टमा समाचार छ ।