सम्पादकीय

कानुनविपरीत निर्माण भएको घरमा राष्ट्रपति



काठमाडौं, २ बैशाख । राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति  निवास कानुनविपरीत रहेको खुलाशा भएको छ ।

भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको छ ।

संविधान कार्यान्वयन गर्ने निकायबाटै नक्सा पास नगरी भवन निर्माण गर्नुका साथै शहरी विकास तथा भवन निर्माण विभागले गर्नुपर्ने डिजाइनसमेत कन्सल्टेन्सीमार्फत् गराइएको पाइएको छ । नेपाल समाचारपत्रमा समाचार छ ।