सम्पादकीय

गाडी चलाउँदैहुनुहुन्छ ? हर्न नबजाउनुहोला ? चोक–चोकमा हुँदैछ निगरानी



काठमाडौं, २ बैशाख । सरकारले काठमाडौं उपत्यकामा शुक्रबारदेखि हर्न बजाउन निषेध गरेको छ ।

सवारीचालकले जथाभावी हर्न बजाएर ध्वनी प्रदुषण गरेको भन्दै हर्न बजाउन रोक लगाइएको हो ।

ट्राफि प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्ल अघिल्लो दिनको तुलनामा १ गते हर्न बजाउने सवारी साधनको संख्या न्यून भएको बताउँछन् ।

‘चोक(चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले हर्न बजाउने, नबजाउने सवारीसाधन अनुगमन गरिरहेका छन् ।’ उनले भने ‘अघिल्ला दिनहरुमा जस्तो हर्न नबजाएको रिपोर्ट आइरहेको छ ।’

हर्न निषेध गरेसँगै अब सवारी चालकले जहाँ पायो त्यहीं हर्न बजाउने प्रवृत्ति अन्त्य हुने उनको विश्वास छ ।

चालकले ओभरटेक, यात्रु बोलाउन, अगाडीको गाडी हटाउन, साना सवारीलाई जिस्काउन, रमाइलो गर्ने बहानामा हर्न बजाउने गरेको उनले बताए । नागरिकमा समाचार छ ।