भक्तपुर २ वैशाख । झापाबाट आएर भक्तपुरमा वसोवास गरेका व्यक्तिहरुको कौशलटारको सागवारीमा भेला आयोजना गरियो । झापाली मिलन केन्द्रको आयोजना भएको सो कार्यक्रममा एमाले सभासद केदार सञ्जेल प्रमुख अतिथि रहनुभएको थियो ।
विभिन्त्र पेशा –व्यवसायमा आवद्ध व्यक्तिहरुको भेलाले आसन्न स्थानीय तहको निर्वाचन निर्धारित समयमा नै गरेर मुलुकमा संविधान कार्यान्वयन गर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि संजेलले स्थानीय तहको निर्वाचनले मात्रै मुलुकलाई निकास दिने भएकाले कुनै पनि हालतमा निर्वाचन गर्नु पर्ने वताउँनु भयो । उहाँले सबैले आ–आफ्नो ठाउँबाट निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका खेल्नु पर्ने वताउँनु भयो ।
प्रतिक्रिया दिनुहोस्