काठमाडौं, ३ बैशाख । काठमाडौं – परराष्ट्र मन्त्रालयमा बार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको छ ।
पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै बर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो ।
महालेखा परिक्षकको कार्यालयले तयार पारेको आर्थिक बर्ष २०७२–०७३ को प्रतिवेदनमा अनियमितता औंल्याइएको छ ।
उत्त आवको लेखा परिक्षण गर्दा ४१ करोड ४६ लाख ४७ हजार रुपैयाँ बेरुजु देखाइएको छ । बेरुजुमध्ये करिब २४ करोड अनियमितता भउको प्रतिवेदनमा उल्लेख छ । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्