सम्पादकीय

संसद्मै कानुनको धज्जी, दुई शीर्षक बनाएर १२ करोड भुक्तानी



 काठमाडौं, ५ वैशाख, । व्यवस्थापिका संसद्का कर्मचारीले विद्यमान ऐन/कानुनलाई अटेर गर्दै एउटै कामका लागि दुई शीर्षकमा झन्डै १२ करोड रुपैयाँ भुक्तानी बुझेको भेटिएको छ ।

सरकारले तोकेको कार्यालय समयभन्दा बढी काम गर्नुपर्ने अवस्थामा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने व्यवस्था नियमावलीले गरेको छ । तर, ऐन/नियम र विद्यमान प्रचलनलाई लत्याउँदै संसद्का कर्मचारीले आर्थिक वर्ष २०७२/७३ मा अतिरिक्त समय काम गरेको भन्दै प्रतिवेदन प्रोत्साहन भत्ता र खाजा खाना भत्ता बुझेको भेटिएको हो ।

सरकारी खर्चको लेखा परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयले विद्यमान ऐनरकानुनविपरीत संसद्का कर्मचारीले झन्डै १२ करोड रुपैयाँ भत्ता बुझेको भन्दै असुलउपर गर्न निर्देशन गरेको  अन्नपूर्ण पोस्टमा समाचार  छ ।