काठमाडौं,६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित प्रमुख पाँच दलको बैठक वालुवाटारमा बसिरहेको छ । निर्वाचनको संघारमा प्रमुख प्रतिपक्ष दल एमालेसहित बसेको बैठकले निर्वाचनको सम्बन्धमा कस्तो निर्णय लिने हो भन्ने कुराले निर्वाचनलाई प्रभावित पार्ने पार्ने छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान ९ बजेपछिका लागि बोलाइको बैठकमा सत्ता सझेदार दल नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम र प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
बैठकमा मधेसी मोर्चा र संघीय गठबन्धनले निर्वाचनको विरोधमा आन्दोलका कार्यक्रम सार्वजनिक गरिसकेको अवस्थामा अन्दोलन फिर्ता लिइ निर्वाचनमा सहभागी हुन मधेश केन्द्रित दललाई आग्रह गरिने बुझिएको छ ।
सत्तारुढ दलहरुको दुई चरणमा निर्वाचन गर्ने भन्ने अभिव्यक्तिलाई नेकपा एमालले भने निर्वाचन नगराउने षड्यन्त्रको रुपमा लिदैँ आएको छ ।
प्रतिक्रिया दिनुहोस्