काठमाडौ, ७ वैशाख । कांग्रेस, एमालेसहित मुख्य पाँच दल वैशाख ३१ लागि घोषित स्थानीय निर्वाचन कुनै हालतमा पनि नरोक्ने निष्कर्षमा पुगेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको माओवादी केन्द्र, राप्रपा एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले चुनाबको विकल्प नभएको भन्दै यस्तो निर्णय गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एकै चरणमा निर्वाचन गर्नुपर्नेमा जिकिर गरे। ‘मोर्चा चुनाबमा आउँछ भने दुई चरणमा गर्न सकिन्छ तर नत्र चुनाब एकै चरणमा हुन्छ । त्यसमा उताउता हुँदैन’, सभापति देउवाले भने । मधेसी मोर्चा चुनाबमा सहभागी हुन आए उसका लागि तयारी समय दिने तर निर्धारित निर्वाचन नरोक्ने विषयमा दलहरुबीच मतएक्यता भएको हो ।
बैठकमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चा निर्वाचनमा आउँछ भने दुई चरणमा चुनाब गर्ने कि नगर्ने भन्ने विषयबारे पाँच दलका नेताहरुसँग छलफल गरेका थिए ।
मोर्चालाई चुनाबमा ल्याउन कस्तो प्रयास गर्दा ठिक हुने प्रश्न पनि उनले अन्य दलका शीर्ष नेताहरुसँग राखेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले एकै चरणमा निर्वाचन गर्नुपर्नेमा जिकिर गरे । ‘मोर्चा चुनाबमा आउँछ भने दुई चरणमा गर्न सकिन्छ तर नत्र चुनाब एकै चरणमा हुन्छ । त्यसमा उताउता हुँदैन’, सभापति देउवाले भने ।
मोर्चा चुनाबमा आए दुई चरणका लागि एमाले लचक
बैठकमा सहभागी एमाले उपाध्यक्ष बामदेव गौतमले दुई चरणमा चुनाब लम्ब्याउँदा मोर्चा चुनाबमा आउने ‘ग्यारेन्टी’ कसले गर्ने भन्ने सवाल गरेका थिए । मोर्चाका गतिविधिले चुनाब बिथोल्ने प्रयास गरेको भन्दै उनले घोषित चुनाब मितिमा दायाँबायाँ नगर्न सुझाव दिए ।
बैठकमा एमालेबाट बरिष्ठ नेता माधवकुमार नेपाल तथा संसदीय दलका उपनेता सुवाष नेम्वाङ सहभागी थिए। एमाले नेताहरुले यदि मोर्चा चुनाबमा सहभागी हुन्छ भने दुई चरणमा चुनाबमा जान सकिने तर चुनाबमा आउने ग्यारेन्टीपछि मात्र दोस्रो चरणको विषय टुङ्ग्याउनु पर्ने उल्लेख गरेका थिए।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले अब सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाएर मोर्चासँग सम्वाद अघि बढाउने बताए। ‘मोर्चासँग निरन्तर वार्ता गर्ने र निर्वाचनमा आउने वातावरण बनाउछौं’, उनले भने, ‘मोर्चा यदि चुनाबमा भाग लिन्छ भने तयारीका लागि समय दिन सकिन्छ तर वैशाख ३१ मा कुनै हालतमा चुनाब हुन्छ।’ नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्