काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचनमा कम्तीमा ५० प्रतिशत जित्ने दाबी गरेको छ । नयाँपत्रिका दैनिकमा समाचार छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित बुद्धिजीवीहरूसँगको छलफलमा एमालेले त्यस्तो दाबी गरेको हो ।
‘एमालेले कम्तीमा ५० प्रतिशत स्थानीय तहमा त जित्छ नै,’ केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘पाँच वर्ष्भित्र मुलुकलाई अल्पविकसितबाट विकासशील राष्ट्रको तहमा पुर्याउन तीन तहकै निर्वाचनमा सुविधाजनक बहुमत ल्याएपछि सरकारले गर्ने कामको परिकल्पना हामीले घोषणापत्रमा गरेका छौँ ।’
मुलुकमा समृद्धिको आधारशिला निर्माण गर्ने महत्वपूर्ण ‘जङ्चर’ निर्वाचन भएकाले निर्वाचनको घोषणापत्र समृद्धि र विकासमा केन्द्रित रहेको ज्ञवालीले जानकारी दिए ।त्यसरी नै
समृद्धि र विकासमा केन्द्रित रहेकाले महत्वाकांक्षी लाग्ने घोषणापत्रको तयारी भइरहे पनि तीव्र विकास सपना र योजनाविना सम्भव नभएको उनको कथन थियो । कृषिको आधुनिकीकरण, २५ वर्ष्भित्र ५० हजार मेगावाट बिजुली उत्पादन, पर्यटन विकास, पूर्वाधार विकास–रोड–रेलवे कनेक्टिभिटी, मानव संसाधनको विकास र विकासमा समावेशिताजस्ता मुख्य विषयलाई समेटेर घोषणापत्रको अन्तिम तयारी भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्