रोचक

जहाँ एउटा रसबरीले दुलही विना जन्ती फर्कियो



 


काठमाडौ,७ वैशाख। त्यसो त छिमेकी देश भारतमा दाइजोका कारण अथवा अन्य कुनै कारणले विवाह तोडिनु त्यति नौलो कुरा भने होइन । तर कानपुरमा रसबरीका कारण विवाह तोडिएको खबरले सबैलाई अचम्मित पारेको छ ।

भारतको कानपुरमा बेहुली लिन जन्ती पुगेपछि सबै कार्यक्रम खुशीयालीपूर्वक चलिरहेको थियो । तर कुरा त्यतिबेला बिग्रियो कि खाना खाने बेलामा दुलहाको सानीआमाको छोराले प्लेटमा दुइवटा रसबरी लिन खोज्दा केटी पक्षका कुनै व्यक्तिले एउटा मात्र रसबरी लिन आग्रह गरे । यही कुरामा विवाद हुँदा हात हालाहाल भयो । यो खबर सुनेपछि बेहुलीले विवाह गर्न मानिनन् र विवाह तोडियो ।
१४ अप्रिलका दिन साँझ २५ वर्षीय शिवकुमार बेहुली लिएर घर लैजाने सपना बोकी जन्तीसहित आएका थिए तर एउटा रसबरीका कारण उनी बेहुली नलिई घर रितै फर्किए ।