काठमाडौं, ८ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ६ मधेसी दलहरु बिच पार्टी एकता भएपछि वीरगन्जमा उनिहरुका नेता कार्यकर्ताहरुले मिठाइ बाडेर त्यसको खुशीयालीमा मनाएका छन् ।
बिहिबार साँझ वीरगन्जको घण्टाघर चोकमा मधेसी दलका नेता कार्यकर्ताहरुले बटुवाहरुलाइ मिठाइ बाडनुका साथै एक अर्कालाइ पनि मिठाइ खुवाएर पार्टी एकताको खुशीयाली मनाएका हुन्।
महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक बीच काठमाण्डौमा पार्टी एकीकरण भएको समाचार बिहिबार दिउसो सञ्चार माध्यम मार्फत सार्वजनिक भएलगत्तै घण्टाघर चोकमा भेला भएका मधेसी दलका नेता कार्यकर्ताहरुले एक अर्कामा शुभकामना आदान प्रदान पनि गरेका थिए।
घण्टाघर चोकमा बिहिबार साँझ उनिहरुले दिप प्रज्वलन गरि दिपावली पनि मनाएका थिए। मधेसी जनताको चाहना र भावनाको सम्मान गर्दै मधेसी दलहरु बिच एकता गरिएको नेपाल सदभावना पार्टीका महासचिव शीव पटेलले बताए ।
मधेसी दलहरु एउटै झण्डा र एउटै ब्यानर मुनि गोलबद्ध भएर आउनु पर्छ तब मात्र मधेस आन्दोलन सफल हुन्छ भन्ने मधेसी जनताको पहिले देखिकै चाहना हो, उनले भने,‘त्यही चाहना मुताबिक मधेसका शक्तिहरुलाइ एकीकृत गर्न यो एकता गरिएको हो र यसकै खुशीयालीमा हामीले मिठाइ बाडेका हौं। मधेसी दलहरु बिच भएको एकताले मधेसको संघर्षले एक चरणको सफलता प्राप्त गरेको सदभावना पार्टीका नगर अध्यक्ष ओम प्रकाश सर्राफले बताए । अन्नपुर्णमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्