काठमाडौ,८ वैशाख । भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका नेकपा एमालेले मयेर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।
एमाले भक्तपुरले दिएको जानकारी अनुसार मेयरमा मदनसुन्दर श्रेष्ठ र उपमेयर सुशिला सुवेदीको टुंगो लागेको छ । त्यसैगरी सुर्यविनायक नागरपालिकामा बासुदेव थापा र शशिजङ थापामध्ये एक मेयरको उम्मेदवार बन्ने सम्भावना छ ।उपमेयरमा भने जुना बस्नेतको टुंगो लागेको छ । भक्तपुर नगरपालिका विष्णु सुवाल, सिद्धिकुमार रञ्जितकार र कृष्णप्रसाद सुवालको मयेयरमा चर्चा छ ।
चाँगुनारायण नगरपालिकामा सोम मिश्र, हरिशरण लामिछाने, मोहनविरु श्रेष्ठ, दामोदर दंगाल, रमेश बुढाथोकी र नवराज गेलालले दाबी गरेका छन् । उपपेयरमा विना बास्तोलाको चर्चा छ ।
प्रतिक्रिया दिनुहोस्