काठमाडौं, ९ वैशाख । स्थानीय तहको चुनावी सरगर्मी बढिरहेको बेला बैतडीको मेलौली नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी इश्वरदत्त भट्टमाथि बिहीबार राति सांघातिक कुटपिट भएको छ ।
गोठलापानीमा रहेको स्टार गेस्ट हाउसमा सुतिरहेका बेला राति ११ बजेतिर भट्टमाथि कुटपिट भएको कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेले जानकारी दिए ।कुटपिटबाट उनको शरीर र कानमा चोट लागेको छ । देब्रे खुट्टाको पांग्रा फुटेर टुक्रा टुक्रा भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ । शिवनाथ गाउँपालिकाका धीरेन्द्र चन्द र वीरेन्द्र चन्दलगायतका मानिसले आक्रमण गरेको र उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । अन्नपूर्ण पोस्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्