काठमाडौं,९ बैशाख । मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ प्रमुख दल र मधेसी मोर्चाको बैठकमा संविधान संशोधनसहित पारित गर्ने विषयमा ३ बुँदे सहमति भएपछि मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने भएको हो ।
त्यसैगरी स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाख ३१ मै र दोश्रो चरणको निर्वाचन जेठ महिनामा गर्न निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले मिति तोक्ने र मधेसी मोर्चाले आन्दोलन फिर्ता लिने सहमति पनि भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र मधेसी मोर्चाबीचको बैठकमा सरकारले आइतबार नै आवश्यक प्रक्रिया अघिबढाउने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्