काठमाडौं, ११ वैशाख । मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनाका घाइतेलाई आकस्मिक उपचार सेवासमेत नदिइ फर्काए पोखराको मणिपाल शिक्षण अस्पतालसँग स्वास्थ्य मन्त्रालयले आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
सैवैधानिक तथा कानुनी दायित्व उल्लंघन गरेकाले मणिपाललाई प्रचलित कानुनबमोजिम किन खारेजीसम्मको कारबाही नगर्ने भनेर मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
नागरिकको मौलिक अधिकार स्वास्थ्य सेवाबाट बञ्चित गरेर अस्पतालले संविधानको धज्जी उडाएको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको छ । अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्