काठमाडौं, ११ वैशाख । स्थानीय तहको निर्वाचनका वेला नेपाली सेना खटाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छ । मन्त्रिपरिषद्ले निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो ।
राष्ट्रपतिको स्वीकृतिपछि मात्र सेना परिचालन गर्न सकिन्छ । निर्वाचन आउन तीन साता बाँकी छँदा पनि सेना परिचालनको स्वीकृति प्राप्त नहुदा तयारीमा समस्या भएको रक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
नेपाल प्रहरीले सुरक्षा दिँदै आएका कारागार तथा सरकारी कार्यालयमा सेनालाई खटाउने तयारी भइरहेको छ । निर्वाचनमा बुथको बाहिरी घेरामा समेत सेना खटिने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले बताए । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्